अमेरिकामा कोरोना महामारी कायमै, १ लाख ३८ हजार बढीको गयो ज्यान

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ७७ हजार ९ सय ३३ जनाको ज्यान गएको छ ।

हालसम्म विश्वभरका १ करोड ३३ लाख ३८ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ७७ लाख ६ हजार ७ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार २ सय १ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३८ हजार ६ सय ९९ जनाको ज्यान गइसकेको छ ।

बितेको २४ घण्टामा २६ हजार ९ सय ६५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३५ लाख ६ हजार ४ सय ४८ पुगेको छ । हालसम्म १५ लाख ६५ हजार ५ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ५२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?