यी ७ देश जहाँ १० जना पनि कोरोना संक्रमित छैनन्

काठमाडौं । अहिले विश्व कोरोना भाइरसबाट त्रस्त छ । तर विश्वका यस्ता देश पनि छन् जहाँ १० जनामा पनि कोरोना भाइरस छैन ।केही यस्ता साना टापु देश जसमा साँचै १० जना भन्दा कम कोरोना संक्रमित छन् ।

त्यसमा एम एस जान्डममा हालसम्म ९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै ब्रिटीस भर्जिन आइल्याण्डमा ८ जनामा कोरोना पुष्टि भएको छ । क्यारिबियन नेदरल्याण्डस्मा ७ जना, एसटी बर्थमा ६, वेस्टर्न सहारामा १०, अंगुलामा ३ र सेन्ट पियरे मिकेलनमा २ जना मात्रै संक्रमित फेला परेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ७७ हजार ८ सय ८६ जनाको ज्यान गएको छ ।

हालसम्म विश्वभरका १ करोड ३३ लाख ३७ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ७७ लाख ८२ हजार ६ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार २ सय ५७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण २ हजार ९ सय ११ जनाको ज्यान गएको छ भने १ लाख ७ हजार ८ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३८ हजार ६ सय ९९ जनाको ज्यान गइसकेको छ ।

बितेको २४ घण्टामा २६ हजार ९ सय ६५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३५ लाख ६ हजार ४ सय ४८ पुगेको छ । हालसम्म १५ लाख ६५ हजार ५ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ५२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?