विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३३ लाख नाघ्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ७७ हजार ८ सय ८६ जनाको ज्यान गएको छ ।

हालसम्म विश्वभरका १ करोड ३३ लाख ३७ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ७७ लाख ८२ हजार ६ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार २ सय ५७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण २ हजार ९ सय ११ जनाको ज्यान गएको छ भने १ लाख ७ हजार ८ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?