काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ७६ हजार ४३२ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३२ लाख ६९ हजार ३९० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७७ लाख ३८ हजार १५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५९ हजार २६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३८ हजार २७३ जनाको मृत्यु भईसकेको छ भने ३४ लाख ८० हजार ९७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १५ लाख ५० हजार ३७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ९३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २६ जनाको मृत्यु भएको छ भने ६१४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १८ लाख ८८ हजार ८८९ जनालाई संक्रमण भएको छ भने ७२ हजार ९५० जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा १२ लाख १३ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २९ जनाको मृत्यु भएको छ भने ९३० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २३ हजार ७८८ जनाको मृत्यु भईसकेको छ भने ९ लाख ११ हजार ६२९ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ७३ हजार ९५३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ९८४ जना नयाँ संक्रमित थपिएका छन् भने ६१ जनाको मृत्यु भएको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार ६१४ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ३९ हजार ९४७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५ लाख १२ हजार ८२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १७५ जनाको मृत्यु भएको छ भने ६ हजार २४८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै पेरुमा अहिलेसम्म १२ हजार ५४ जनाको मृत्यु भएको छ भने ३ लाख ३० हजार १२३ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख २१ हजार ८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ७ हजार २४ जनाको मृत्यु भएको छ भने ३ लाख १७ हजार ६५७ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ८६ हजार ५५६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४०६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ३ हजार ३३ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार ८३० जनाको मृत्यु भईसकेको छ भने २ लाख ९० हजार १३३ जनालाई संक्रमण भएको छ । त्यहाँ १८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३५ हजार ४९१ जनाको मृत्यु भएको छ भने ३ लाख ४ हजार ४३५ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ८९ हजार ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४८५ जनाको मृत्यु भएको छ भने ४ हजार ६८५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ईरानमा अहिलेसम्म १३ हजार २११ जनाको मृत्यु भएको छ भने २ लाख ६२ हजार १७३ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख २५ हजार २७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ३८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १७९ जनाको मृत्यु भएको छ भने २ हजार ५२१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९६७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४३ हजार २३० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९५ हजार १०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार ३२० जनाको मृत्यु भएको छ भने २ लाख ५३ हजार ६०४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७० हजार ६५६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार १५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ५४ जनाको मृत्यु भएको छ भने १ हजार ९७९ जना नयाँ संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा विश्वमा १ हजार ४५५ जनाको मृत्यु भएको छ भने ३९ हजार ७९० जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया