कांग्रेस नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण

काठमाडौं । कांग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखिएको छ ।

दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
उनले शाहीको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?