काठमाडौं । नेपालमा बितेको २४ घण्टामा सबैभन्दा बढी प्रदेश नं २ मा कोरोना संक्रमित थपिएका छन् । प्रदेश २ का विभिन्न जिल्लामा गरी आज ४४ जना संक्रमित थपिएका हुन् । त्यस्तै सबैभन्दा कम गण्डकी प्रदेशमा थपिएका छन्, जहाँ पछिल्लो २४ घण्टामा ४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
पछिल्लो २४ घण्टामा कुन प्रदेशमा कति थपिए संक्रमित ?
प्रदेश नं १ मा ९ जना
प्रदेश नं २ मा ४४ जना
बाग्मती प्रदेशमा ७ जना
गण्डकी प्रदेशमा ४ जना
प्रदेश नं छ मा २१ जना
कर्णाली प्रदेशमा ११ जना
सुदूरपश्चिम प्रदेशमा २० जना
नेपालमा बितेको २४ घण्टामा देशभरका विभिन्न २५ वटा प्रयोगशालाबाट ४ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । जसबाट १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
उनका अनुसार नेपालमा हाल २४ हजार ७ सय १६ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । बितेको २४ घण्टामा ३४ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । यो भनेको कुल संक्रमितको ६० दशमलव ५३ प्रतिशत रहेको प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिए ।
जसअनुसार हाल नेपालमा ६ हजार ६ सय ९५ जना कोरोना संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाको कारण ३८ जनाको ज्यान गएको छ । भने कोरोना संक्रमणको उच्च जोखिम अर्थात रेड जोनमा ५ सय २५ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा कोही पनि रेड जोनमा परेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया