कोरोना संक्रमित नभएका यी ४ जिल्ला

काठमाडौं । नेपालको ७७ जिल्लामध्ये अहिले ४ जिल्लामा कोरोना संक्रमित छैनन् । ४ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका ४ जिल्ला

  • भोजपुर
  • मुस्ताङ
  • हुम्ला
  • मनाङ

नेपालमा आज (सोमवार) थप ११६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?