समुन्नत नेपाल निर्माणमा हाम्रो टिमले काम गर्छ: चन्द्र ढकाल

काठमाडौं । व्यवसायी एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालले कोरोना महामारीले निम्त्याएको आर्थिक चुनौतीको सामना गर्न व्यक्तिगत पहलले मात्र नहुने बताएका छन् ।

कोरोना महामारीले निम्त्याएको आर्थिक समस्या समाधानको लागि सबैको एकता, विश्वास र बल आवश्यक रहेको समेत बताए । महासंघको वस्तुगत, एशोसिएट र जिल्ला उपाध्यक्षका लागि उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले भने, “कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामाना गर्न तपाईं हाम्रो व्याक्तिगत पहल मात्रै काफि हुँदैन् । त्यसलाई प्रभावकारी रुपमा सामाना गर्न हामीवीच विश्वास, एकता र बल चाहिन्छ ।”

महासंघमा नयाँ नेतृत्वका रुपमा आफ्नो टिम आउने विश्वास व्यक्त गर्दै कोरोनाको चुनौती मात्र नभइ आर्थिक रुपमा समुन्नत नेपाल निर्माण गर्न काम गर्ने विश्वास समेत व्यक्त गरे । “महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो यो टीमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन, हामीले चाहेको, हामीले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ ।” उनले भने ।

कोरोनाले थिलिएको निजि क्षेत्र तथा समग्र अर्थतन्त्रको पुनर्ताजकिकरण गर्नका लागि उद्योग वाणिज्य महासंघ राम्रो प्याट्फर्म भएको र नयाँ नेतृत्व सहि छनोटले मात्र त्यो उदेश्य पुरा हुने धारणा व्यक्त गरे । आगामी महाधिवेशनका लागि ४ महिना अघि नै ढकालले वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिइसकेका छन् । भने उनको टिमबाट उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधी तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई उम्मेदवार रहेका छन् ।

यस्तो छ सम्बोधनको पूर्णपाठ:

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/New-Microsoft-Word-Document-3.pdf” title=”New Microsoft Word Document (3)”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?