ओली-प्रचण्डबीचको वार्ता सकियो, के भयो निर्णय ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबारको वार्ता सकिएको छ ।

बालुवाटारमा ५ दिनपछि मंगलबार दुई अध्यक्षबीच करिव एक घण्टा वार्ता भएको हो ।
‘भोलि पुनः वार्तामा बस्ने कुरा भएको छ । अरु केही भएको छैन’, बैठकपछि बालुवाटार स्रोतले बतायो ।

स्रोतका अनुसार मंगलबारको ओली–प्रचण्ड वार्ता विगतकै निरन्तरताका रुपमा मात्रै रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?