भोटेकोशी बाढीपहिरो पीडित ७३ घरपरिवारलाई राहत

मेलम्ची । बाह्रबिसे नगरपालिकाका बाढी पहिरो पीडित ७३ घरपरिवारलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ ।

बाढीपीडित ७३ परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको हो । जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न वितरण गरिएको कांग्रेसका स्थानीय नेता युधिर पौडेललले जानकारी दिए ।

बाढीपीडितको घर भोटेकोशी र यान्की खोलाले बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो । कांग्रेसले बाढीपहिरोमा परी आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिएको छ ।

कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे–५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार सात हजार रुपैयाँको दरले नगद वितरण गरेका थिए ।

उनीहरूले बाढीबाट पीडित २७ परिवारलाई प्रतिपरिवार रु दुई हजार नगदसहित खाद्यान्न राहत वितरण गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?