विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ७५ हजार ५२५ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३२ लाख ३५ हजार ७६० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७६ लाख ९६ हजार ३८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ८८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३८ हजार २४७ जनाको मृत्यु भईसकेको छ भने ३४ लाख ७९ हजार ४८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ लाख ४९ हजार ४६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ९३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १८ लाख ८७ हजार ९५९ जनालाई संक्रमण भएको छ भने ७२ हजार ९२१ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा १२ लाख १३ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म २३ हजार ७२७ जनाको मृत्यु भईसकेको छ भने ९ लाख ७ हजार ६४५ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ७२ हजार ११२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार ४३९ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ३३ हजार ६९९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५ लाख ४ हजार २१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा अहिलेसम्म १२ हजार ५४ जनाको मृत्यु भएको छ भने ३ लाख ३० हजार १२३ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख २१ हजार ८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ७ हजार २४ जनाको मृत्यु भएको छ भने ३ लाख १७ हजार ६५७ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ८६ हजार ५५६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४०६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ३ हजार ३३ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार ८३० जनाको मृत्यु भईसकेको छ भने २ लाख ९० हजार १३३ जनालाई संक्रमण भएको छ । त्यहाँ १८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३५ हजार ४९१ जनाको मृत्यु भएको छ भने ३ लाख ४ हजार ४३५ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ८९ हजार ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४८५ जनाको मृत्यु भएको छ भने ४ हजार ६८५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ईरानमा अहिलेसम्म १३ हजार ३२ जनाको मृत्यु भएको छ भने २ लाख ५९ हजार ६५२ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख २२ हजार ५३९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ३७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९६७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४३ हजार २३० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९५ हजार १०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार २६६ जनाको मृत्यु भएको छ भने २ लाख ५१ हजार ६२५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६१ हजार ९१७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ८३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा विश्वमा ५४४ जनाको मृत्यु भएको छ भने ६ हजार ६५ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?