कोरोनाको प्रकोप : अमेरिकामा एकैदिन थपिए ६५ हजार भन्दा धेरै संक्रमित

काठमाडौं । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख ७४ हजार ९८१ जनाको मृत्यु भएको छ भने १ करोड ३२ लाख २९ हजार ९६८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७६ लाख ९१ हजार ५४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ८८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ३८ हजार २४७ जनाको मृत्यु भएको छ भने ३४ लाख ७९ हजार ४८३ जनालाई संक्रमण भएको छ । त्यस्तै १५ लाख ४९ हजार ४६९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार ९३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार ४४५ जनाको मृत्यु भएको छ भने ४ लाख २८ हजार ३०३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ३ लाख ३६ हजार ३७ जनालाई संक्रमण भएको छ भने ७ हजार ९६ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा २ लाख ८२ हजार ४३५ जनालाई संक्रमण भएको छ भने ४ हजार २७७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सोमवार ६५ हजार ४८८ जना संक्रमित थपिएका छन् भने ४६५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?