कोरोना कहर : भारतमा नौ लाख नाघे संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख ७४ हजार ९८१ जनाको मृत्यु भएको छ भने १ करोड ३२ लाख २९ हजार ९६८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७६ लाख ९१ हजार ५४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ८८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म २३ हजार ७२७ जनाको मृत्यु भएको छ भने ९ लाख ७ हजार ६४५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५ लाख ७२ हजार ११२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा सोमवार मात्रै २८ हजार १७९ जना संक्रमित थपिएका छन् भने ५४० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?