कोरोना विश्व अपडेटः मृतक संख्या ५ लाख ७३ हजार नाघ्यो, कति पुगे संक्रमित (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ७३ हजार ३ सय १९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ३१ लाख ४१ हजार ६५ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ७६ लाख ६० हजार ७ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५८ हजार ७ सय ५१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३७ हजार ९ सय ४७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २७ हजार ५ सय ८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३४ लाख ४१ हजार ५ सय ३ पुगेको छ । हालसम्म १५ लाख ३४ हजार ९ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय १३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ६५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १ हजार ६ सय ६५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १८ लाख ६७ हजार ८ सय ४१ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ७२ हजार २ सय ३४ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १२ लाख १३ हजार ५ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८३ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २३ हजार ७ सय २७ पुगेको छ । बितेको २४ घण्टामा २७ हजार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ९ लाख ६ हजार ६ सय १७ पुगेको छ । हालसम्म ५ लाख ७१ हजार ५ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ सय ४० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ३९ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ५ ३७ जनामा कोरोना पुष्टि भएको र १ सय ४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख ३३ हजार ६ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ४ हजार २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म पेरुमा ११ हजार ८ सय ७० जनाको कोरोनाको कारण ज्यान गएको छ । भने ३ लाख २६ हजार ३ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ८६ हजार ५ सय ५६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ९ सय ९५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

चिलिमा बितेको २४ घण्टामा २ हजार ६ सय १६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ६ सय ५७ पुगेको छ । हालसम्म ७ हजार २४ जनाको ज्यान गएको चिलिमा २ लाख ८६ हजार ५ सय ५६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र चिलिमा कोरोनाको कारण ४५ जनाको ज्यान गएको छ । भने संक्रमित मध्ये १ हजार ९ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म ३ लाख ९ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । २८ हजार ४ सय ३ जनाको कोरोनाको कारण ज्यान गएको अवस्थामा ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा स्पेनमा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् ।

मेक्सिकोमा बितेको २४ घण्टामा कोरोनाको कारण २ सय ७६ जनाको ज्यान गएको र ४ हजार ४ सय बढीको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म २ लाख ९९ हजार ७ सय ५० जनामा कोरोना संक्रमण देखिएको र ३५ हजार ६ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै १ लाख ८४ हजार ७ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?