२०७८,बैशाख,३०,बिहीवार

घुस लिएको अभियोगमा मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । प्रहरीमा परेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग कार्कीले ५० हजार रपैयाँ घुस लिएको आरोप लागेको छ ।

अनुसन्धानको सिलसिलामा रहेको र जिल्ला प्रहरी कार्यालयमा परेको सार्वजनिक हितविपरीत र जबरजस्ती करणीको मुद्दामा सहजीकरण गरिदिने भन्दै कार्कीले घुस मागेको आयोगले जनाएको छ । आरोपी कार्कीविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी र स्रोत व्यक्तिसमेतको मिलेमतोमा बटैराज प्राविका शिक्षक रतनसिंह भण्डारीको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि कारवाही गर्नुपर्नेमा अनधिकृत रुपमा रकम लिई मिलाउन लागेको पाइएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारी र प्रधानाध्यापक रतनसिंह भण्डारीले सो प्रयोजनका लागि ८३ हजार १०० रुपैयाँ बराबरको रकम लिएको पाइएको छ । आयोगले उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले घरेलु तथा साना उद्योग कार्यालय कलैया बाराका कार्यालय सहयोगी खेमराज चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । होटल सञ्चालनका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग चौधरीले १० हजार रुपैयाँ घुस लिएको पाइएको छ । रासस

प्रकाशित मिति: २०७७,असार,२९,सोमवार १९:४४


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिले केहि समयलाई सांसदको संख्या गन्ने काम रोकिने

धादिङ। कोभिड-१९ को नयाँ भेरियन्टको महामारीबाट जनतालाई बचाउन नेकपा एमालेले पार्टी कार्यालय समेत कोभिड अस्पतालका लागि उपलब्ध गराउने भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । सोमवार ओलीले संसदबाट विश्वासको मत लिनबाट

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१