विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ७२ हजार ५४२ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३० लाख ८० हजार ७४४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७६ लाख २४ हजार ५१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ७०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३७ हजार ७९५ जनाको मृत्यु भईसकेको छ भने ३४ लाख १४ हजार ५८२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ लाख १७ हजार ५७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८२२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १३ जनाको मृत्यु भएको छ भने ५८७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १८ लाख ६६ हजार १७६ जनालाई संक्रमण भएको छ भने ७२ हजार १५१ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा १२ लाख १३ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म २३ हजार ३३३ जनाको मृत्यु भईसकेको छ भने ८ लाख ८८ हजार ९४४ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ६० हजार ३०७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १४६ जनाको मृत्यु भएको छ भने ९ हजार ४७८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार ४३९ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ३३ हजार ६९९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५ लाख ४ हजार २१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १०४ जनाको मृत्यु भएको छ भने ६ हजार ५३७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पेरुमा अहिलेसम्म ११ हजार ८७० जनाको मृत्यु भएको छ भने ३ लाख २६ हजार ३२६ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख १७ हजार १११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ९७९ जनाको मृत्यु भएको छ भने ३ लाख १५ हजार ४१ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ८३ हजार ९०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४०३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९८८ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार ८१९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार ६०३ जनालाई संक्रमण भएको छ । त्यहाँ १८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३५ हजार ६ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार २६८ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ८४ हजार ७६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २७६ जनाको मृत्यु भएको छ भने ४ हजार ४८२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ईरानमा अहिलेसम्म १३ हजार ३२ जनाको मृत्यु भएको छ भने २ लाख ५९ हजार ६५२ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख २२ हजार ५३९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ३७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको छ भने २ हजार ३४९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९५४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४३ हजार ६१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९४ हजार ९२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार २६६ जनाको मृत्यु भएको छ भने २ लाख ५१ हजार ६२५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६१ हजार ९१७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ८३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७५३ जना नयाँ संक्रमित थपिएका छन् भने ६९ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा विश्वमा १ हजार ३०० जनाको मृत्यु भएको छ भने ५० हजार ५२५ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?