२०७८,असार,८,मंगलवार

कोरोनाका कारण मृत्यु हुनेमा मेक्सिको पुग्यो चौथो स्थानमा


मेक्सिको । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको सङ्ख्याको आधारमा मेक्सिको चौथो अग्रस्थानमा उक्लिएको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार मेक्सिकोमा अहिलेसम्म कोरोनाका कारण ३५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयका अधिकारीहरुका अनुसार कोरोनाका कारण मेक्सिकोभन्दा धेरै अमेरिका, ब्राजिल र बेलायतमा मृत्यु भएको छ । यसअघि चौथो स्थानमा रहेको इटली मेक्सिकोपछि पाँचौँ स्थानमा पुगेको छ ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेज म्यानुएल लोपेज ओब्राडोरले महामारी नियन्त्रणका लागि सरकारले सकेसम्मका सवै प्रयास गर्दा पनि मृत्यु हुनेहरुको सङ्ख्या बढिरहेको बताए ।

पछिल्लो २४ घण्टामा देशका ३२ प्रदेशमा थपिएका सङ्क्रमितहरुको सङख्या भने नौ मात्रै रहेको पनि उनले बताए ।

उप–स्वास्थ्यमन्त्री ह्युगो एलपेज जाटेलले देशभरी कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढेर आइतवारसम्ममा दुई लाख ९९ हजार ७५० पुगेको बताउका छन् । रासस

प्रकाशित मिति: २०७७,असार,२९,सोमवार १९:०५


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन

काठमाडौं । दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्नेगरी काम सुरु गरेको छ । एसके बायोसाइन्सले उत्तर

काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा कोरोना सङ्क्रमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना

काठमाडौं । एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१

सेनाद्वारा काठेपुल निर्माण
 २०७८,असार,८,मंगलवार १६:२४