आदिकवि भानुभक्त आचार्यको सम्झनामा

काठमाडौं – कोरोना भाईरस ‘कोभिड- १९’ बाट बच्न सावधानीस्वरुप लकडाउन भएका कारण नेपाली भाषाका माध्यमद्धारा नेपाललाई जोड्ने आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीमा अघिल्ला वर्षमा जस्तै औपचारिक कार्यक्रम भएनन् ।

तथापि साहित्यमा रुचि राख्ने कवि साहित्यकारले कविता वाचन गरी अनौपचारिक रुपमा नै मोर्डन कन्या कलेज भीमसेनगोला पूरानो बानेश्वरले आदिकवि भानुको सम्झना गरेको छ ।

कार्यक्रममा सामाजिक दूरी कायम गरी कविहरु सध्या पहाडी, बाबा बस्नेत, रामप्रसाद पन्त, माधव घिमिरे, मुकुन्दराज दाहाल, कृष्ण अधिकारी, ज्ञानेन्द्र भट्टराई, अनिता आचार्य, शर्मिला कोइराला लगायतले समसामायिक कविता वाचन गरेका थिए ।

‘कोभिड – १९’ ले उब्जाएको समस्या र  त्यसले दैनिक जनजीवनमा पारेको प्रभावलाई पत्रकार अनिता आचार्यले अन्त्यन्तै मार्मिक र संवेदनशील विषयमा अभिव्यक्ति प्रस्तुत गरेकी थिइन् ।

साहित्यकार गीतकार प्रा.डा.रामप्रसाद दाहालले संस्कृत बाहेक अन्य भाषा छैन भन्ने शुन्य अवस्थामा रहेको नेपाली समाजलाई नेपाली भाषामा रामायण दिएर भाषिक एकिकरण गर्नु पूजनीय र मुक्तकण्ठले प्रशंसायोग्य भएको बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?