सीमा क्षेत्रमा भारतको सडकरुपी बाँधले तराई क्षेत्र डुबानमा पर्‍यो : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपालको तराई क्षेत्र डुबानमा परेको बताएका छन् ।

आज सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यो भारतको हस्तक्षेपकारी गतिविधी भएको भन्दै प्रष्ट्याए ‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो । उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’ उनले थपे भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन । ’

नेपालमा एक सातादेखि सक्रिय भएको मनसुनका कारण तराईका अधिकांश क्षेत्रमा डुबानको समस्या देखिन थालेको छ । यसैबीच प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई निर्देशन दिएको छ । मनसुनका कारण पहाडी क्षेत्रमा बाढी र पहिरोमा परी एक महिनाको अवधीमा ८५ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?