बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण

लापाज । बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन्।

बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित भएका थिए । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा हुनुहुन्छ ।

अर्थमन्त्री ओर्टिजका चिकित्सकहरुले उनीलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको छ ।

बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र एक हजार ७५४ जनाको मृत्यु भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?