अनुपम खेरको परिवारका चार जनामा कोरोना संक्रमण

काठमाडौं । एकतर्फ बलिउड महानायक अमिताभ बच्चनको परिवारमा कोरोनाको संक्रमणले हैरान बनाईरहेको छ भने अर्कोतिर अनुपम खेरको परिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अनुपम खेरले आईतवार एक ट्वीट मार्फत आफ्नो परिवारका आमा दुलारी सनेत चार जनालाई कोरोना संक्रमण भएको जानकार दिएका थिए ।

साथै उनले एक भिडियो पनि सोसल मिडियामा शेयर गरेका छन् । उनकी आमा दुलारी आइसोलेसन वार्डमा उपचाररत छिन् ।

उनी कोकिलाबेन अस्पतालमा भर्ना भएकी छन् । साथै अनुपमका भाई राजु र उनको परिवार होम क्वारेन्टाइनमा छन् ।

अनुपम खेरले भाई राजु, भाउजु र भतिजी वृन्दा कोरोना पोजेटिभ भएको बताएका छन् ।

यस अगाडि शनिवार मात्रै बलिउड महानायक अमिताभ बच्चनको परिवारका अमिताभ, छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?