काठमाडौं । अमेरिकाको टेक्सास राज्यका एक चिकित्सकका अनुसार कोरोनाभाइरसलाई झुटो ठान्ने लगभग ३० वर्षजति उमेरका एक व्यक्तिको अर्का सङ्क्रमित व्यक्तिले आयोजना गरेको कोरोना पार्टीमा सहभागी भएपछि मृत्यु भएको छ।
एउटा भिडियोमार्फत मेथडिस्ट अस्पतालका प्रमुख स्वास्थ्य अधिकारी जेन एपलबाइले त्यस्तो विशेष कोभिड जमघटको कथा बताएकी थिइन्।
उक्त व्यक्तिले बताएअनुसार त्यस जमघटमा पहिले को सङ्क्रमित हुने र को त्यसबाट बच्न सक्ने भन्ने प्रतिस्पर्धा चलेको थियो।
ति बिरामीले ज्यान गुमाउनुभन्दा केही बेरअघि सघन उपचार कक्षकी नर्सलाई आफूले त्यस्तो पार्टीमा सहभागी भएर गल्ती गरेको बताएका थिए।
कोरोनाभाइरस महामारीले विश्वभरि त्रास सिर्जना गरिरहेको भए पनि विभिन्न देशमा यसलाई मिथ्या ठान्ने र हलुका रूपमा लिने प्रवृत्ति अझै पनि विद्यमान छ।
अमेरिका विश्वकै सबैभन्दा धेरै कोरोनाबाट प्रभावित भएको देश हो । त्यहाँ अहिलेसम्म १ लाख ३७ हजार ७८२ जनाको मृत्यु भईसकेको छ भने ३४ लाख १३ हजार ९९५ जनालाई संक्रमण भएको छ ।
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया