काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ५ लाख ७१ हजार ५७१ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३० लाख ३५ हजार ९४२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७५ लाख ८२ हजार ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोनाबाट ब्राजिलमा अहिलेसम्म ७२ हजार १५१ जनाको मृत्यु भएको छ भने १८ लाख ६६ हजार १७६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १२ लाख १३ हजार ५१२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ब्राजिलमा आईतवार २५ हजार ३६४ जना संक्रमित थपिएका छन् भने ६५९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया