काठमाडौं । बलिउड अभिनेत्री, मोडल तथा गायिका दिव्या चौकसेको आइतवार निधन भएको छ । विगत साढे एक वर्षदेखि क्यान्सरसँग जुधिरहेकी दिव्याको आईतवार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
दिव्याकी दिदी सौम्या अमिश वर्माले फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । यसअघि दिव्याले पनि १८ घण्टा अघि आफ्नो इन्स्टाग्राममा एउटा मेसेज लेखेकी थिइन् ।
यस्तो छ दिव्याको अन्तिम शब्दः
अभिनेत्री दिव्याले आफ्नो अन्तिम सन्देशमा लेखेकी थिइन् – ‘म जे भन्न चाहन्छु त्यसका लागि शब्द पर्याप्त छैन । हुन त शब्द अत्यधिक छन् तर पनि कम छन् । म बेपत्ता भएको धेरै महिना भइसक्यो र प्रश्नको बाढी आइरहेको छ । म यतिबेला यो भन्न चाहन्छु कि म आफ्नो मृत्युशैयामा छु । हो, स्थिती यस्तै छ र म बलियो छु । त्यो जीवनका लागि जसमा संघर्ष छैन । कृपया केही प्रश्न नगर्नुहोला । तपाई मेरा लागि कति महत्वपूर्ण हुनुहुन्छ भने भगवानलाई मात्रै थाहा छ ।’

दिव्या सन् २०११ की मिस युनिभर्सकी प्रतियोगी हुन् भने सन् २०१६ मा उनले फिल्म अपना दिल तो आवाराबाट बलिउडमा डेब्यू गरेकी थिइन् । सन् २०१८ मा दिव्याले पटियाले दी क्वीन गीतसहित गायन क्षेत्रमा पनि पाइला चालेकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया