काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ५ लाख ७१ हजार ५७१ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३० लाख ३५ हजार ९४२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७५ लाख ८२ हजार ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोनाबाट अत्याधिक प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म १ लाख ३७ हजार ७८२ जनाको मृत्यु भएको छ भने ३४ लाख १३ हजार ९९५ जनालाई संक्रमण भएको छ । त्यस्तै १५ लाख १७ हजार ८४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार ८२२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार ४०३ जनाको मृत्यु भएको छ भने ४ लाख २७ हजार ६३८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा ७ हजार ५१ जनाको मृत्यु भएको छ भने ३ लाख २७ हजार ६८७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा २ लाख ६९ हजार ८११ जनालाई संक्रमण भएको छ भने ४ हजार २४२ जनाको मृत्यु भएको छ ।
अमेरिकामा आईतवार मात्रै ५८ हजार ३४९ जना नयाँ संक्रमित थपिएका छन् भने ३८० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया