कोरोना विश्व अपडेटः मृतक संख्या ५ लाख ६९ हजार नाघ्यो, कति पुगे संक्रमित (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ६९ हजार ३ सय ७५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड २९ लाख ४६ हजार ७ सय ३१ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ७५ लाख ४३ हजार ९ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५८ हजार ८ सय ५७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३७ हजार ६ सय २१ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३१ हजार ६ सय ६१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३३ लाख ८७ हजार ३ सय ७ सय पुगेको छ । हालसम्म १५ लाख ५ हजार ६ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय २ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय १९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ५ हजार ४ सय ३७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १८ लाख ४६ हजार २ सय ४९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ७१ हजार ५ सय ८४ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १२ लाख १३ हजार ५ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९२ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २३ हजार १ सय ७९ पुगेको छ । बितेको २४ घण्टामा २८ हजार १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ८ लाख ७८ हजार ५ सय ६२ पुगेको छ । हालसम्म ५ लाख ५३ हजार ८ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय ९२ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ३५ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ६ सय बढीमा कोरोना पुष्टि भएको र १ सय ३० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख २७ हजार १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख १ हजार ६१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म पेरुमा ११ हजार ६ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ । भने ३ लाख २२ हजार ७ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख १४ हजार १ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय ८१ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । यो समाचार तयार पार्दासम्म चिलिमा ३ लाख १२ हजार २९ जनामा कोरोना संक्रमण देखिएको छ र संक्रमितमध्ये २ लाख ८१ हजार १ सय १४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ९ सय ९९ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय ३ पुगेको छ । हालसम्म ३ लाख ९ सय ८८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा स्पेनमा कोरोनाको कुनैपनि असर नदेखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार ९४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९५ हजार २ सय ६८ पुगेको छ । हालसम्म कोरोनाको कारण ३४ हजार ७ सय ३० जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ५ सय ३९ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा १ लाख ८० हजार ८ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?