विभिन्न मुलुकबाट ९७९ नेपाली फिर्ता

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आठ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत ९७९ नेपाली स्वदेश फर्किएका विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २६२ र दुई बच्चा, बहराइनबाट १४४ यात्रु ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४, क्वालालम्पुरबाट १५६ र मनिलाबाट १०८ यात्रु काठमाडौँ ल्याएको छ ।

आज आन्तरिकतर्फ मनाङ र सिम्रिक एयरको हेलिकप्टरले समान एक चार्टर्ड उडान गरेका छन् । आगामी तीन दिनसम्म अन्तरराष्ट्रिय उडान नहुने विमानस्थलले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?