चीनमा गयो भूकम्प

काठमाडौं । चीनको उत्तरी हेबेई प्रान्तको तंगशान शहरमा आईतवार ५.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पका कारण कुनै पनि क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । स्थानीय मिडियाका अनुसार भूकम्प विहान ६ बजेर ३८ मिनेटमा गएको थियो ।

भूकम्पको केन्द्र १० किलोमिटरको गहिराईमा भएको बताइएको छ । उक्त भूकम्प पछि २.२ रेक्टर स्केलको पराकम्प गएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?