Update : काठमाडौं उपत्यकामा संक्रमित बढ्न थालेपछि सरकारले थाल्यो नमूना संकलन

काठमाडौं – नेपालमा बितेको २४ घण्टामा थप ८२ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा १६ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएकामध्ये काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार १ सय ७४ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनम उपचाररत रहेका छन् । आइतबार १ सय ४७ गरी आजसम्म ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएका छन् ।

आइतबार पीसीआर विधिबाट आज ३ हजार ९ सय १६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ८३ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा २३ हजार ७ सय ८४ जना रहेका छन् ।

उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले समुदायमा नमुना संकलन गर्न थालेको छ ।

नखुटोल, कोटेश्वर, संखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले बताए। अहिलेसम्म संकलन भएका ३ हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा ३ जनामा मात्रै पोजेटिभ देखिएको छ । उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको उनले बताए। असार २५ गतेबाट ४५ हजारको नमुना संकलनको काम अघि बढाइएको पनि उनले बताए । उपत्यकामा मात्रै ५ हजार नमुना संकलन हुनेछन् । बैंक तथा वित्तिय संस्था, मालपोत कार्यालय र आइसियु लगायत अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुको नमुना संकलन सुरु भएको उनको भनाई छ । अहिलेसम्म संकलन गरी रिपोर्ट आएका ५ सय ५ जनामा नेगेटिभ आएको छ ।

थपिएकाहरुको विवरण यस्तो छ : 
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा :  झापाका १ जना र मोरङका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका १९ जना र सर्लाहीका २ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा :  काठमाडौंका ३ जना र सिन्धुपाल्चोकका १ जना

भरतपुर अस्पताल प्रयोगशाला भरतपुरमा गरिएको परिक्षणमा : चितवनका ५ जना

किटजन्य रोग तथा तालिम केन्द्र हेटौँडा प्रयोगशालामा गरिएको परिक्षणमा : मकवानपुरका १ जना र सिन्धुलीका १ जना

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा : काठमाडौंका २ जना,ललितपुरका १ जना र सोलोखुम्बुका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका २ जना,नवलपरासी पूर्वका १ जना,पर्वतका २ जना, स्याङ्जाका १ जना र तनहुँका ६ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा प्रयोगशालामा गरिएको परिक्षणमा : गोरखाका १ जना र लमजुङका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : गुल्मीका १ जना र पाल्पाका १ जना

रियल टाइम पिसिआर प्रयोगशाला दैलेखमा गरिएको परिक्षणमा : दैलेखका १ जना

चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा : रुकुमपश्चिमका २ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा : सुर्खेतका ११ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा : कालीकोटका ७ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा गरिएको परिक्षणमा : बझाङका १ जना र डडेलधुराका २ जना

सेती अस्पताल प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा : कैलालीका २ जना र दार्चुलाका १ जना

आजको पोजेटिभ हुनेको प्रादेशीक विवरण यस्तो छ
प्रदेश १ मा ४ जना

प्रदेश २ मा २० जना

बाग्मती प्रदेशमा १४ जना

गण्डकी प्रदेशमा १५ जना

प्रदेश ५ मा २ जना

कर्णाली प्रदेशमा २१ जना

र, सुदुरपश्चिम प्रदेशमा ६ जना

घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या 
नेपालमा हालसम्म ८ हजार १ सय ७४ जना कोरोना संक्रमितहरु आइसोलेसनमा उपचाररत रहेका छन्। पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । हालसम्म ८ हजार ५ सय ८९ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ सय ४७ जना कोरोना संक्रमणमुक्त भइ घर फर्किएका हुन् ।

पछिल्लो एक हप्तादेखि नेपालमा कोरोना संक्रमण हुनेको संख्यामा कमि आइरहेको छ । त्यस्तै विभिन्न देशबाट आइ क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा पनि कमि आइरहेको छ । हाल नेपालमा २३ हजार ७ सय ८४ जना क्वारेन्टाइनमा रहेका छन् । भने कोरोनाको कारण ३८ जनाको मृत्यु भएको छ ।

हालसम्म प्रदेश नं १ मा सबैभन्दा कम कोरोनाका बिरामीहरु रहेका छन् । जहाँ १८० जना कोरोना संक्रमणको कारण उपचाररत रहेका छन् । भने सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ २ हजार ६ सय ४७ जना आइसोलेसनमा रहेका छन् ।

कुन प्रदेशमा कति छन् आइसोलेसनमा ? 

प्रदेश नं १ मा १८० जना

प्रदेश नं २ मा १हजार ९ सय १३

बाग्मती प्रदेशमा ४ सय ६१ जना

गण्डकी प्रदेशमा ९ सय १ जना

प्रदेश नं ५ मा १ हजार ६ सय ८४ जना

कर्णाली प्रदेशमा ३ सय ८८ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ६ सय ४७ जना

कोरोना कहरः कुन प्रदेशमा कति जनाको मृत्यु ? 
नेपालमा हालसम्म कोरोनाको कारण ३८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन। भने त्यसबाहेक सबैभन्दा बढी प्रदेश नं ५ मा कोरोनाको कारण मृत्यु भएको छ । प्रदेश ५ मा कोरोनाको कारण १० जनाको मृत्यु भएको हो । त्यस्तै सबैभन्दा कम प्रदेश २ र कर्णाली प्रदेशमा मृत्यु भएको छ । दुबै प्रदेशमा कोरोनाको कारण ४र४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

कुन प्रदेशमा कति जनाको मृत्यु ? 

प्रदेश नं १ मा शुन्य

प्रदेश नं २ मा ४ जना

बाग्मती प्रदेशमा ९ जना

गण्डकी प्रदेशमा ५ जना

प्रदेश नं ५ मा १० जना

कर्णाली प्रदेशमा ४ जना

सुदूरपश्चिम प्रदेशमा ६ जना

काठमाडौं उपत्यकामा आईतवार थपिएका संक्रमित कुन जिल्लाका कति ?
काठमाडौं उपत्यकामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले उपत्यकामा आज काठमाडौंका ५ र ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ र ललितपुरका एक जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सहित आज उपत्यकामा एकैपटक ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज भेटिएका संक्रमितको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

कोरोना संक्रमित नभएका यी ५ जिल्ला
नेपालको ७७ जिल्लामध्ये अहिले ५ जिल्लामा कोरोना संक्रमित छैनन् । हाल कोरोना संक्रमित नभएका ५ जिल्ला : 

धनकुटा 
भोजपुर
मनाङ
मुस्ताङ
हुम्ला

यी हुन् ५०० भन्दा बढी संक्रमित भएका ५ जिल्ला

  • महोत्तरी
  • रौतहट
  • पाल्पा
  • बाजुरा
  • कैलाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?