काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ६७ हजार ७३४ जनाको मृत्यु भईसकेको छ भने १ करोड २८ लाख ४७ हजार २८८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७४ लाख ८३ हजार २४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ७९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३७ हजार ४०३ जनाको मृत्यु भईसकेको छ भने ३३ लाख ५५ हजार ६४६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १४ लाख ९० हजार ४४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १८ लाख ४० हजार ८१२ जनालाई संक्रमण भएको छ भने ७१ हजार ४९२ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा १२ लाख १३ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म २२ हजार ६८७ जनाको मृत्यु भईसकेको छ भने ८ लाख ५० हजार ३५८ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ३६ हजार २३१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार २०५ जनाको मृत्यु भईसकेको छ भने ७ लाख २० हजार ५४७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ लाख ९७ हजार ४४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा अहिलेसम्म ११ हजार ६८२ जनाको मृत्यु भएको छ भने ३ लाख २२ हजार ७१० जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख १४ हजार १५२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ८८१ जनाको मृत्यु भएको छ भने ३ लाख १२ हजार २९ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ८१ हजार ११४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४०३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९८८ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार ७९८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८८ हजार ९५३ जनालाई संक्रमण भएको छ । त्यहाँ १८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३४ हजार ७३० जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार २६८ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ८० हजार ८५२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५३९ जनाको मृत्यु भएको छ भने ६ हजार ९४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ईरानमा अहिलेसम्म १२ हजार ६३५ जनाको मृत्यु भएको छ भने २ लाख ५५ हजार ११७ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख १७ हजार ६६६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ३३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९४५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४२ हजार ८२७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९४ हजार ५७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार १९७ जनाको मृत्यु भएको छ भने २ लाख ४८ हजार ८७२ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५६ हजार ७०० जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ११८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ५२१ जना नयाँ संक्रमित थपिएका छन् भने ७४ जनाको मृत्यु भएको छ ।
बितेको २४ घण्टामा विश्वमा ६९९ जनाको मृत्यु भएको छ भने १३ हजार ८२८जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया