कोरोना विश्व अपडेटः मृतक संख्या ५ लाख ६५ हजार नाघ्यो, कति पुगे संक्रमित (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ६५ हजार ७३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड २७ लाख ३५ हजार ५ सय ३४ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ७४ लाख ३५ हजार ६ सय १६जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५८ हजार ७ सय ६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३७ हजार ७३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३० हजार १ सय १४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३३ लाख २१ हजार ९ सय पुगेको छ । हालसम्म १४ लाख ७५ हजार ५ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ७ सय २० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय २ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ६ हजार ३ सय ५३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १८ लाख १० हजार ६ सय ९१ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ७० हजार ६ सय २३ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १२ लाख १३ हजार ५ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९९ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २२ हजार ६ सय ८५ पुगेको छ । बितेको २४ घण्टामा २७ हजार २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार ८ सय १७ पुगेको छ । हालसम्म ५ लाख ३६ हजार २ सय २३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ सय ४१ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ५ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ६ सय बढीमा कोरोना पुष्टि भएको र १ सय ८८ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख २० हजार ५ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ९७ हजार ४ सय ४६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म पेरुमा ११ हजार ५ सय जनाको कोरोनाको कारण ज्यान गएको छ । भने ३ लाख १९ हजार ६ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख १० हजार ६ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय ९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?