विपद्को घडीमा राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर सबै एकजुट हुनुपर्छः नविन्द्रराज जोशी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले विपद्को घडीमा राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर चुनौतीको सामना गर्न सबैजना एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

सामुदायिक सेवामञ्च,स्वयम्भूको १८ औँ वार्षिक साधरणसभा उद्घाटन गर्दै जोशीले कोभिड १९ को रोकथाम नियन्त्रणमा भएको खर्चको र भ्रष्टाचारका विषयमानि प्रश्न उठेकाले विभिन्न क्षेत्रका नागरिक अगुवाहरुको संलग्नतामा लेखा परिक्षणगर्न समिति गठन गर्नमा जोड दिएका छन्।

कार्यक्रममा बोल्दै जोशीले प्रहरी र जनता मिलेरनै शान्ति स्थापना र विसङ्गति,विकृतिसँग लड्न र सुशासन कायम गर्न एकहुनपर्नेमानि जोड दिए ।

अमिन पाण्डेको सभापतित्वमा सम्पन्न वार्षिक साधरणसभाले आजै राजु खरेलको नेतृत्वमा समिति गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?