पार्टी एकताको विषयमा चितवन पुगेर बोले प्रचण्ड, भन्छन् – ‘संघर्ष गरिरहेको छु’

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् ।

शनिबार अध्यक्ष प्रचण्डले चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपछि माडीमा आयोजित कार्यक्रममा उनले कोरोनाको परिवेश देखाएर केही तत्वले नेकपा ध्वस्त बनाउन लागि परेको पनि बताए । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं, प्रचण्डको भनाई थियो।’
‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ’, अध्यक्ष प्रचण्डको दावी थियो । उनले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्रन र एकढिक्का हुन आग्रह समेत गरे ।

‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन’, नेकपाभित्रको आन्तरिक किचलोप्रति प्रचण्डको संकेत थियो ।

चितवनका जनप्रतिनिध समेत रहेका अध्यक्ष प्रचण्डले राष्ट्रिय निकुञ्जले माडीमा पु-याएको असर, यस क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास सम्बन्धि आफ्नो ध्यान पुगेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?