सुक्रे । बोलिभियाका सिनेटका अध्यक्ष मोनिका इभा कोपाले आफूलाई कोरोना भाइरस पोजेटिभ भएको बताएका छन्। बोलिभियाका अन्तरिम राष्ट्रपति जीनिन आनेज चाभेज कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि गर्नु भएको एक दिनपछि कोपालाई पनि कोरोना पुष्टि भएको हो ।
विश्वमा चलेको यस महामारीको अवस्थामा आवश्यक समयको लागि आफू अलग्गै बस्ने उनले बताएका छन् । ‘मेरो अवस्था स्थिर छ, र म आफ्ना कर्तव्यहरू पूरा गर्छु , अलग्गै बसेर नैं काम गर्ने छु, कोपाले शुक्रवार अबेर राति गरेको आफ्नो ट्विटर पृष्ठमा लेखेका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका तथ्यांककाअनुसार विश्वमा १ करोड २६ लाख भन्दा बढी मानिसहरूलाई कोरोनाभाइरस संक्रमित भइसकेको छ । त्यसैगरी ५ लाख ६३ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
दक्षिण अमेरिकी यस मुलुक बोलिभियामा हालसम्म ४५ हजार भन्दा धेरै कोभिड १९ संक्रमित देखिसकेका छन् । यो देशमा कोरोना भाइरसबाट अहिलेसम्म १ हजार ७०२ भन्दा बढीको मृत्यु भइसकेको छ ।
विश्वभरी कोरोना भाइरस कहर बढ्ने क्रमसँगै कयौं प्रतिष्ठित हस्तीहरु यस भाइरसको चपेटामा आइरहेका छन् । यसैबीच बोलिभियाकी अन्तरिम राष्ट्रपति जिनिन आनेजको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको थियो । उनले शुक्रवार आफैले यसको जानकारी दिएकी छन् ।
यसअघि ब्राजिलका राष्ट्रपति जे बोल्सोनारो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र मोनाकाको राजकुमार अल्बर्ट द्वितीय कोरोना भाइरसबाट संक्रमित पाइएको थियो । यद्यपी सबैको स्वास्थ्य स्थिति राम्रो रहेको छ । जोनसनलाई मार्चमा केही समयका लागि अस्पतालमा भर्ना गरिएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया