काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलसेन नगरपालिका-५ बस्ने २२ वर्षीय महेश आउजी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यस्तै धनुषामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदनगर नगरपालिका-४ हउवाई बस्ने ३० वर्षीय भगवती प्रसाद मण्डललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मण्डलले मानसिक सन्तुलन ठिक नभएकी ती महिलालाई विदेह नगरपालिका(७ तिनकोरिया चोकस्थित भोलाबाबा कुटीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिध्दाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया