अमेरिकी र जर्मन विदेशमन्त्रीबीच फोनवार्ता

मस्को । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र जर्मन विदेशमन्त्री हेइको मासबीच फोनवार्ता भएको छ । उनीहरुबीच फोनमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको थियो ।

त्यस विज्ञप्तिमा उनीहरुका बीचमा अमेरिका जर्मनी द्धिपक्षीय सम्बन्धका साथै युरोपेली युनियन र अमेरिकाबीचको सम्बन्ध, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका विषयमा पनि कुराकानी गरेको बताइएको छ ।

त्यस्तै उनीहरुका बीचमा हाल महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव र यसले गरेको आर्थिक क्षेत्रको क्षतिलाई आगामी दिनमा के कसरी सुधार गर्ने भन्ने बारेमा पनि कुराकानी भएको थियो ।
त्यसैगरी सो वार्ताका क्रममा अमेरिकाले हालै केही चिनियाँ अधिकारीहरुमाथि लगाएको अमेरिकाको भ्रमण प्रतिबन्धका बारेमा पनि कुराकानी भएको थियो ।

अमेरिकामा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप निकै ठूलो संख्याका मानिसहरुमा बढिरहेको विषयमा पनि सो वार्ताका क्रममा अमेरिकी विदेशमन्त्रीले जर्मन विदेशमन्त्रीलाई जानकारी गराएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?