विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ६२ हजार ७६९ जनाको मृत्यु भईसकेको छ भने १ करोड २६ लाख २५ हजार १५६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७३ लाख ६१ हजार ४५४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ८९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३६ हजार ६७१ जनाको मृत्यु भईसकेको छ भने ३२ लाख ९१ हजार ७८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ लाख ६० हजार ४९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ७७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १८ लाख ४ हजार ३३८ जनालाई संक्रमण भएको छ भने ७० हजार ५२४ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा १२ लाख १३ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म २२ हजार १४४ जनाको मृत्यु भईसकेको छ भने ८ लाख २२ हजार ६०३ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख १६ हजार २०६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार १७ जनाको मृत्यु भईसकेको छ भने ७ लाख १३ हजार ९३६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ८९ हजार ६८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा अहिलेसम्म ११ हजार ५०० जनाको मृत्यु भएको छ भने ३ लाख १९ हजार ६४६ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख १० हजार ६३८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार २९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ७८१ जनाको मृत्यु भएको छ भने ३ लाख ९ हजार २७४ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ७८ हजार ५३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४०३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९८८ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार ६५० जनाको मृत्यु भईसकेको छ भने २ लाख ८८ हजार १३३ जनालाई संक्रमण भएको छ । त्यहाँ १८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३४ हजार १९१ जनाको मृत्यु भएको छ भने २ लाख ८९ हजार १७४ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ७७ हजार ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६६५ जनाको मृत्यु भएको छ भने ६ हजार ८९१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ईरानमा अहिलेसम्म १२ हजार ४४७ जनाको मृत्यु भएको छ भने २ लाख ५२ हजार ७२० जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख १५ हजार १५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ३१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९३८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४२ हजार ६३९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९४ हजार २७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार ५८ जनाको मृत्यु भएको छ भने २ लाख ४३ हजार ५९९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४९ हजार ९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ३७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा विश्वमा ७३० जनाको मृत्यु भएको छ भने ८ हजार ५७७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?