कोरोनाको प्रकोप : अमेरिकामा शुक्रवार संक्रमितको नयाँ रेकर्ड, थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख ६२ हजार ७६९ जनाको मृत्यु भईसकेको छ भने १ करोड २६ लाख २५ हजार १५६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७३ लाख ६१ हजार ४५४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ८९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ३६ हजार ६७१ जनाको मृत्यु भएको छ भने ३२ लाख ९१ हजार ७८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ लाख ६० हजार ४९५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार ७७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा ३२ हजार ३७५ जनाको मृत्यु भएको छ भने ४ लाख २६ हजार १६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ६ हजार ९५२ जनाको मृत्यु भएको छ भने ३ लाख १२ हजार १०४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ३ हजार १५० जनाको मृत्यु भएको छ भने २ लाख ५१ हजार ७६ जनाको स्वास्थ्य जनालाई संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा शुक्रवार मात्रै ७१ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन्् । यो संख्या अमेरिकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित हुन् । त्यस्तै अमेरिकामा शुक्रवार ८४९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?