कोरोना कहर : भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख ६२ हजार ७६९ जनाको मृत्यु भईसकेको छ भने १ करोड २६ लाख २५ हजार १५६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७३ लाख ६१ हजार ४५४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ८९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा अहिलेसम्म कोरोनाका कारण २२ हजार १४४ जनाको मृत्यु भईसकेको छ भने ८ लाख २२ हजार ६०३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५ लाख १६ हजार २०६ जना कोरोनो संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।

भारतमा शुक्रवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । त्यहाँ शुक्रवार २७ हजार७६१ जना संक्रमित थपिएका छन् भने ५२१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?