२०७८,बैशाख,३०,बिहीवार

प्रम ओली र चिनियाँ राजदूतबारे आपत्तिजनक सामग्री प्रकाशन गर्ने भारतीय टिभी च्यानलले माफी माग्यो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित चिनियाँ राजदूतलाई जोडेर आपत्तिजनक सामग्री प्रशारण गर्ने भारतीय टिभी च्यानल जी न्यूजले माफी मागेको छ ।
भारतीय च्यानलको सामग्रीलाई लिएर चौतर्फी विरोध हुनुका साथै नेपालमा भारतीय च्यानलमा प्रतिबन्धसमेत लागेपछि सो च्यानलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै माफी मागेको हो ।

सो च्यानलले चिनियाँ राजदूत यान्छीसँग जोडेर ‘ओलीकी इस्किया’ कार्यक्रम चलाएपछि विवाद भएको छ ।

‘भारत र नेपालबीच सदैव सदैव मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। दुई देशको सम्बन्ध सांस्कृतिक, राजनीतिक र ऐतिहासिक रुपमा पनि बलियो छ। हामी नेपाली जनताको भावनाको आदर र सम्मान गर्छौं’, माफी माग्दै जी न्यूजले भनेको छ, ।
च्यानलमा त्रुटीवश प्रसारित कार्यक्रमबाट नेपाली जनताको भावनामा चोट पुगेको भए खेद व्यक्त गरेको समेत सार्वजनिक सूचनामा भनिएको छ ।
नेपाल भारतबीचको सीमा विवादमा भारतीय मिडियाले चीनसमेतलाई मुछेर आक्रामक सामग्री प्रशारण गर्दै आएका छन् ।

प्रकाशित मिति: २०७७,असार,२६,शुक्रवार २३:२३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. कोरोनाका कारण नेपालमा बिहिवार एकैदिन २ सय १४ जनाको मृत्यु,८ हजार ९ सय ६० जना नयाँ संक्रमित थपिए ।

काठमाडौं । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए फुटबलमा क्लबका लागि कीर्तिमान बनाएका छन् । रोनाल्डोले युभेन्टसका लागि सर्वाधिक

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल खनाल समुहका कारण बहुमतको सरकार गठन प्रक्रिया अघि

काठमाडौं । नेपालमा हाल ९६ हजार बढी होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१