२०७८,बैशाख,२४,शुक्रवार

कोरियाका मेयरले रोजे मृत्युको बाटो, यस्तो छ कारण


दक्षिण कोरियाको राजधानी सोलका मेयरले मृत्युको बाटो रोजेका छन् । पार्क वोन सुन नाम गरेका मेयरले आत्महत्या गर्नुका साथै उनको साथबाट सुसाइड नोट समेत फेला परेको छ ।
पार्क वोन सुन १० वर्षसम्म सोल शहरको मेयर थिए र बिहीबार बेपत्ता भएपछि प्रहरी अधिकारी उनको खोजीमा जुटेका थिए ।सोलको माउन्ट बुकक क्षेत्रमा उनको शव फेला परेको थियो ।
उनको नोटमा भनिएको छ, ‘म सबैसँग माफी माग्छु र ती सबैलाई धन्यवाद् दिन्छु जो मेरो जीवनमा मेरो साथमा थिए । म मेरो परिवारसँग माफी माग्छु, जसलाई मैले दुखमात्रै दिए । मलाई जलाउनुस् र मेरो खरानी मेरा बाबु आमाको चिहानमा फैलाउनुस्, सबैलाई अलविदा,’।
६४ वर्षीय पार्ककी छोरीले बिहीबार दिउँसोदेखि बाबु हराएको भन्दै प्रहरीमा उजूरी गरेकी थिइन् ।
आफ्नै पूर्व सेक्रेटरीले यौन दुव्यवहारको आरोपमा मुद्दा दर्ता गराएपछि त्यसको दुई दिनपछि पार्कले आत्महत्या गरेका हुन् ।
ती महिलाले २०१७ देखि पार्कसँग सेक्रेटरीका रुपमा काम गरेकी थिइन् ।
पार्कको मृत्युसँगै झन्डै १ करोड जनसंख्याको सोल शहरमा शोकमग्न बनेको छ ।

प्रकाशित मिति: २०७७,असार,२६,शुक्रवार २३:११


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ब्राजिलको रियो दी जेनेरोमा बिहीवार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रवार साउदी अरबतर्फ प्रस्थान गरेका छन् । भ्रमणका

काठमाडौं । उडान भर्नेबित्तिकै पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स भारतको मुम्बईमा सफल आकस्मिक अवतरण गरेको छ। नागपुरबाट हैदरावादका लागि उडान भरेपछि

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८