भारतीय गोर्खा सैनिकमा कार्यरत नेपाली मारिए

भारतीय गोर्खा सैनिकमा कार्यरत एक नेपालीको ज्यान गएको छ ।
सीमा क्षेत्रमा फायरिङ हुँदा शुक्रबार कास्मिरस्थित राजोउरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेर ३३ वर्षीय हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो ।
यस क्षेत्रमा पाकिस्तानी सेनाले मध्यराती १२ बजेर ४५ मिनेट जाँदा फायरिङ गरेको थियो, जतिबेला गुरुङ ड्युटीमा थिए । गुरुङ नेपालको गोर्खा जिल्ला मन्बुका स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?