भारतीय न्यूज च्यानल नेपालमा बन्द गर्ने निर्णयको स्वागत

सीपी मैनाली नेतृत्वको मालेले भारत सरकारको स्वामित्वमा संचालित दूरदर्शन टीभी च्यानल बाहेकका अरू भारतीय टिभी समाचार च्यानलको नेपाल भित्रको प्रशारणमा प्रतिबन्ध लगाउने विदेशी च्यानल वितरकहरूले गरेको निर्णयको स्वागत गरेको छ ।
मालेले एक विज्ञप्तिमार्फत भारतीय टीभी च्यानलहरूले नेपाल सरकारलाई लाञ्छित गर्दै र चिनियाँ राजदूतका बिरूद्धमा अशिष्ट, असभ्य र अशोभनीय सामाग्रीहरू प्रकाशित र प्रसारित गरेको कार्यको निन्दा पनि गरेको छ ।
‘यस्ता कामले नेपाल भारत बिचको मैत्रीमा खलल पु¥याउने हुनाले अन्य सभ्य मुलुकमा भए झैं भारत सरकारसँग पनि सञ्चार क्षेत्रलाई वस्तुपरक, शिष्ट र सन्तुलित बनाउने कानुन र आचार संहिता भए तिनका आधारमा तिनलाई अनुशासित बनाउनको निम्ति नेकपा (माले) भारत सरकारको ध्यानाकर्षण गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै अविरल बर्षाका कारण सिन्धुपाल्चोक, कास्की, मनाङ, म्याग्दी, लमजुङ , तनहुँ, जाजरकोट, बझाङ सहित देशका विभिन्न जिल्लामा आएको बाढी र गएको पहिरोले भएको धनजनको क्षतिप्रति पनि मालेले दुुख व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?