बोलिभियाकी राष्ट्रपति पनि कोरोना भाइरसबाट संक्रमित

लोकपथ संवाददाता
0
Shares
Bolivia’s interim President Jeanine Anez looks up during a press conference in La Paz, Bolivia, Friday, Nov. 15, 2019. Anez, a Senate deputy leader who claimed the interim presidency, is moving to establish authority in the turbulent country. She announced on Thursday that Morales, who resigned Sunday after allegations of election fraud, could not participate in elections again and criticized Mexico’s government for allowing Morales to rally support from Mexico City. (AP Photo/Natacha Pisarenko)

बोलिभिया । बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्थानीय समयानुसार बिहीवार उनीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।

“मलाई कोरोना भाइरसको संक्रमण भएको छ, मैले सामान्य महशुस गरेको छु र आइसोलेसनमै बसेर मैले मेरो काम गर्नेछु, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।”बोलिभियाका स्वास्थ्य मन्त्री, केन्द्रिय बैंकका प्रमुख र राष्ट्रपति कार्यालयका प्रशासन प्रमुखलाई पनि कोरोनाभाइरसको संक्रमण भएको यसअघि नै पहिचान गरिएको थियो ।

यसअघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो पनि कोरोनाभाइरसबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । विश्वभरी अहिलेसम्म एक करोड २१ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ती मध्ये पाँच लाख ५२ हजारभन्दा बढीको मृत्यु भएको जोन्स होप्कीन्स विश्वविद्यालयले छ ।

बोलिभियामा भने कोरोनाभाइरसबाट सक्रमितको संख्या झण्डै ४३ हजार पुगेको छ भने मृत्यु भएकाहरुको संख्या एक हजार पाँच सय भन्दा बढी पुगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?