काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । हालसम्म ८ हजार ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप १२० जना कोरोना मुक्त भइ घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
हालसम्म नेपालका सातै प्रदेशमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या घटिरहेको छ । हालसम्म २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा रहेका छन् ।
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
- प्रदेश नं १ मा २ हजार ८ सय ७१
- प्रदेश नं २ मा ३ हजार ४२
- वाग्मती प्रदेशमा १ हजार ९ सय १३
- गण्डकी प्रदेशमा ४ हजार १ सय ९१
- प्रदेश नं ५ मा ५ हजार १ सय ११
- कर्णाली प्रदेशमा १ हजार ८ सय ३५
- सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया