काठमाडौं । बितेको २४ घण्टामा काठमाडौंमा थप २८ जनामा कोरोना संक्रकण पुष्टि भएको छ । उनीहरुको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौंमा एकैपटक २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भने त्रिभुवन विश्वविद्यायल शिक्षण अस्पताल पाटनमा गरिएको परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए ।
पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ ।
नेपालमा आज (शुक्रवार) थप ११८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ ।
नेपालमा हिजो (बिहीवार) १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया