काठमाडौं । कानपुरमा ८ भारतीय प्रहरीको हत्याका मास्टरमाइन्ड विकास दुबेको इन्काउन्टरमा आज विहान मृत्यु भएको छ ।
कानपुरका पुलिस अधिकारीले यस बारेमा पुष्टि गरेको भारतीय सञ्चारमाध्इमहरुले बताएका छन् ।
यसैबीच इन्काउन्टरमा मारिएका भनिएका विकास दुबेको शरीरमा चार गोली भेटिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनको टाउकोमा तीन गोली र कम्मरमा एक अन्य गाृली भेटिएको हो । घटनामा अन्य दुई पुलिसलाई पनि गोली लागेको बताइएको छ ।
अहिले उनको कोरोना स्याम्पल लिइएको र शव पोस्टमार्टम गर्न लगिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया