गोयन्का सिमेन्ट र कमला रोलिंग कारवाहीमा, दुवैको इजाजत स्थगन

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले दुई उद्योगलाई कारवाही गर्ने भएको छ ।

कारवाहीमा पर्नेमा गोयन्का सिमेन्ट प्रालि, रुपन्देही र कमला रोलिगं मिल्स स्टिल्स प्रालि मोरङ रहेका रहेका छन् ।

बजार अनुगमनको क्रममा उद्योगबाट संकलित नमुनाहरु परीक्षण गराउँदा मापदण्ड अनुसार नपाइकोले नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम (१६) अनुसार कारवाही गरिने विभागका निर्देशक संजिव कुमार ठाकुरले बताए ।

गुणस्तर विपरित उत्पादन गरेको आरोपमा दुवै उद्योगको इजाजत पत्र स्थगन गरिएको विभागका निर्देशक ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?