काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज काठमाडौंले बैंकिङ मुद्धामा फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतिवादी सुनिता चित्रकार र मनोजलाल सिंह सुवाल रहेका छन् । चित्रकारलाई लुकिछिपी बसिरहेको अवस्थामा काठमाडौं स्वयम्भूबाट शुक्रवार पक्राउ गरिएको प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताए ।
बैंकिङ कसुर मुद्धामा विकास कार्कीले दिएको जाहेरी अनुसार उच्च अदालत पाटनले २०७६ चैत १८ गतेको फैसलाअनुसार ३ दिन कैद र ६ लाख ५० हजार जरिवाना तोकेको थियो । लुकिछिपी रहेको अवस्थामा २०७६ असार २५ पक्राउ गरिएकोमा शुक्रवार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै उच्च अदालत पाटनबाट २०७६ माघ १४ गते सुवाललाई ७ दिन कैद र १० लाख जरिवाना तोकिएको थियो । फरार रहेका उनलाई गत वर्षको चैत २६ गते लुकिछिपी रहेको अवस्थामा रविभवन काठमाडौंबाट पक्राउ गरिएकोमा शुक्रवार जिल्ला अस्पताल काठमाडौंमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
उनीहरुले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएपनि जानी जानी जाहेरवालाहरुलाई झुक्याएकोमा बैंकिङ्ग कसुर ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम कारवाही हुने प्रहरी उपरीक्षक पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया