काठमाडौं । भारतको उत्तर प्रदेशका पुलिस र स्पेशल टास्क फोर्सले आज विहान ५ लाख इनाम तोकेका मोस्टवान्टेड विकास दुबेको इन्काउन्टरमा मृत्यु भएको छ ।
त्यस्तै ५० हजार इनाम तोकिएका अर्का गुन्डा पन्ना यादवको पनि मुठभेडका क्रममा मृत्यु भएको छ ।
बहराइचमा एसटीएफ र हरदी थानाका लोकल पुलिसले उनको एन्काउन्टरमा मृत्यु भएको बताएको हो ।
पन्ना यादवलाई गोली लागेपछि पीएचसी अस्पतालमा उपचार गर्न लगिएको थियो र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
पन्ना यादवमाथि गोरखपुर, महाराजगञ्ज, आजमगढ, बाराबन्की समेत लखीमपुरमा तीन दर्जन भन्दा धेरै मुद्दाका केस भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
पन्ना गोरखपुरमा जेलमा झगडा गरेर अपराध पछि भागेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया